• TOKHA LIVE

      TOKHA LIVE

    • १० माघ २०७७, शनिबार ०६:१०

    यो तीन वर्षमा केपीलाई तह लगाउन सकिएन : दाहाल

    माघ १० २०७७
    काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमा पनि केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध समूहले शुक्रवार काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले तीन वर्ष आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको बताए।

    ‘हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौँ । प्रयास गरेका थियौँ’ उनले भने, ‘ कहिँ न कहिँ केपीको गलतप्रवृत्तिविरुद्ध सडकमा उत्रिनुपर्नेरहेछ । म तपाइँहरुकामाझ आत्मआलोचित हुन चाहन्छु ।’

    प्रचण्डले देशमा हिंसा, युद्ध कसैले नचाहेको बताउँदै केपी ओलीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम कोही कसैबाट हुन नहुने पनि बताए । उनले सर्वाेच्च अदालतलाई पनि केपी ओलीको निरंकुशततालाई प्रोत्साहित गर्ने काम भयो भने शान्तिप्रक्रिया ‘डिरेल’ हुने पनि बताए ।

    ‘यो देशमा फरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिन । तर केपी ओलीको स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने‘ फेरि युद्धमा जाने, हिंसाको कुरा पनि छैन,’ उनले भने, शान्तिपूर्णरुपमा यसैगरि लाखौं लाख जनता उरालेर निरंकुशता सच्याउनेमा मेरो निरन्नर प्रयास भइराख्छ । तर केपीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भयो भने शान्तिप्रक्रिया डिरेल हुन्छ ।’

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै