• TOKHA LIVE

    • ९ माघ २०७७, शुक्रबार ०९:३२

    शाली नदीमा माधव – नारायण मेला भर्ने व्रतालुको कोरोना परीक्षण गरिने

    टोखा लाइभ । २०७७ माघ ९ गते

    काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा गरिने माधवनारायण व्रतालुलाई कोरोनाको पीसीआर/ एण्टीजेन परीक्षण गरेर मात्र सहभागी गराइने भएको छ ।

    काठमांडौं बाट उतर पूर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती सॉखुमा प्रत्येक वर्ष झैं यसपालि पनि १ महिना लामो माघव नारायण स्वस्थानी व्रत तथा माघ कुम्भ मेला विहिवार बाट पोखरीमा व्रतालु बाहेक नुहाउन नदिने र फुटपाथ पसल पनि हटाउने सहमति भएको छ।नालन्द , नारायणी वा नारी नदी भनिने शैल अर्थात् शालीनदी बोधिसत्वो महाराजको वासस्थान मणिचुड बाट बगेर आएको छ।

    नेपालमा पनि कोरोनाको नयाँ रोगी भेटिएपछि व्रत लिन चाहनेलाई परीक्षण गराएर नेगेटिभ प्रतिवेदन आएमात्र सहभागी गराइने विहिवार श्री माधवनारायण व्रत तथा शालीनदी समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा निमोनियाको लक्षण छ कि छैन भनी एक्स–रे रिपोर्टसमेत साथमा हुनु अनिवार्य गरिएको जानकारी दिइयो ।

    विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका विभिन्न रोगका बिरामीलाई व्रतमा सहभागी नगराइने समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए। यस वर्ष माधवनारायण व्रत गर्न चाहनेलाई माघ १० गतेदेखि १२ गतेसम्म नाम दर्ता गर्न पनि समितिले आह्वान गरेको छ । १२ गतेसम्म नाम लेखाएकालाई १३ गते कोरोना परीक्षण गरेपछि मात्र व्रतमा सहभागी गराइने अध्यक्ष श्रेष्ठले बताए ।व्यवस्थित रूपमा मेला सन्चालन र सुरक्षा निकायलाई पनि ध्यान दिई ९० प्रतिशत काम अहिले सकिएको उनले बताए।

    सम्मेलनमा शङ्खरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र व्रत बस्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै मेला भर्न आउनेलाई पनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन सचेत गराइनुपर्ने बताए । व्रतालुलाई क्वारेन्टाइनको स्वरुपमा राख्न नगरपालिकाले सहयोग गर्ने उनको प्रतिबद्धता छ ।हामी यसपालि स्वयंसेवकको संख्या पनि वृद्धि गर्नेछौं। यसमा व्यवस्थापन गर्नका लागि २० देखि २२ लाख खर्च हुने उनको दावी छ।

    पशुपतिलगायत मठ मन्दिर एवं चलचित्र घरसमेत खुलेको अवस्थामा मेला बन्द गर्न नसकिए पनि स्वास्थ्य सुरक्षामा ध्यान दिएर दूरी कायम गरिनुपर्ने नगरपालिकाले जनाएको छ । नियमित चलेको संस्कृति संरक्षणका लागि भए पनि मेला र व्रत गर्न लागिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । मेलाका अवसरमा नगरपालिकाले बजार एवं साँखु चल्ने सार्वजनिक यातायातको नियमित अनुगमन गर्ने भएको छ ।

    समितिका पूर्वअध्यक्ष राजभाइ श्रेष्ठले विगत वर्षमा एक दिनमा पाँच लाखसम्म भक्तजन शालीनदी दर्शनमा आएकाले कोरोना सङ्क्रमण जारी रहेका बेला स्वास्थ्य सुरक्षामा ध्यान दिन सुझाव दिए । मानिसको भीडभाड हुने भएकाले बजार अनुगमनमा स्थानीय सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार कुमार रन्जित भन्ने – “ हामी जन्मे देखि नै जात्रा मेला हैर्दे आएका छौं। जहॉ भीड हुन्छ त्यहॉ खतरा हुन्छ ।विशेष सतर्कताको अभावले दुर्घटना निम्तिने गर्छ। यो प्राचीन वस्तीमा यस पालि पनि सुरक्षा मापदंड पुर्याएर व्यवस्थापन गर्न सफल हुन्छ भन्ने मैले आशा सकिएको छु। साथै यो सॉखु नगरपालिकामा यहॉको स्थानीय जन प्रतिनिधिले एउटा सुचना प्रशारणको लागि सानो घर निर्माण गरि दिएको खण्डमा सुनमा सुगन्ध हु्न्थे। “

    समितिका पूर्वअध्यक्ष एवं साँखु यातायात कम्पनीका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले मेलाका अवसरमा सरकारले तोकेभन्दा बढी भाडा लिने सवारीलाई कारवाही गर्न कम्पनीका तर्फबाट पनि अनुगमन समूह परिचालन गरिने जानकारी दिए । उनले यो वर्ष ९० देखि १ सय सम्म गाडी तयारी अवस्थामा रहेको र पुरा चक्रपथ घुमाएर ल्याउने व्यवस्था गरेको पत्रकार सम्मेलनमा सुनाए।विगत वर्षको मेलामा कम्पनीकै तर्फबाट करीब एक दर्जन सवारीलाई सहुलियत भाडा नलिनेलाई कारबाही गरिएको उनले बताए ।

    यदि कथंकदाचित समितिले व्रतालु स्नान गरिरहेका बेला लुकीछिपी मोबाइलबाट भिडियो खिची अतिरञ्जितरुपमा प्रस्तुत गर्ने गरिएमा त्यसो गर्नेलाई कारवाहीको दायरमा ल्याइने जनाएको छ । यस वर्ष माघ १५ गतेदेखि शालीनदी मेला लाग्नेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै