काठमाडौं ९ फागुन । विन्ध्यवासिनी माध्यमिक बोर्डिङ स्कुल टोखाको आयोजना रहेको दोस्रो अन्तर विद्यालय स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता बुधबारदेखि विद्यालयको प्राङ्गणमा आयोजना भएको प्रतियोगिताको फाइनल आज सम्पन्न भएको छ । हिज्जे प्रतियोगितामा चन्द्रविन्दु इन्टरनेशनल हाई स्कुल प्रथम हुँदै उपाधी हात पार्न सफल भए । त्यस्तै फ्लोरेन्स सेकेन्डरी स्कुल दोस्रो र सरस्वती माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका वडा -३ वडाध्यक्ष रमेश डंगोलले बिजयी टिमलाई ट्रफि मेडल र प्रमाणपत्रका साथै नगद समेत प्रदान गर्नुभएको थियो।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका विद्यालयलाई क्रमश: दस हजार, सात हजार र पाँच हजार नगद गरिएको थियो ।
टोखा नगरपालिकाका सामुदायीक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोताको निर्णायकमण्डलमा जगदीश अशोक ढकाल, प्रकाश पौडेल र यम कुमार पुरी रहेका थिए ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबिन डंगोलको सभापतित्वमा सम्पन्न भएको थियो ।
विद्यालयका प्रधानाध्यापक बेखानारायण डंगोलले विद्यार्थीहरुको सर्वाङ्गिण विकासकालागि आगामी दिनहरुमा रचनात्मक कार्यक्रमहरुको आयोजना गर्दै जाने भन्दै उहाँले कार्यक्रमलाई सफल बनाउन सहभागी हुनु भएका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
फाेटाे साभार /विन्ध्यवासिनी माध्यमिक बोर्डिङ स्कुल