•            
    • TOKHA LIVE

    • ४ फाल्गुन २०८१, आईतवार १९:३७

    श्री सरस्वती माध्यमिक विद्यालय टाेखालाई चौंथो राष्ट्रपति रनिङ शिल्डको उपाधि

     

    काठमाडौं ४ फागुन /काठमाडौं टाेखा नगरपालिका वडा ३ स्थित श्री सरस्वती माध्यमिक विद्यालयले टोखा नगर स्तरिय चौंथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जितेको छ। श्री सरस्वती माध्यमिक विद्यालयले उपाधीको साथै १ लाख नगद प्रमाणपत्र र शिल्ड टाेखा नगर प्रमुख प्रकाश अधिकारीबाट सरस्वती माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

    गत साता तिलिङ्गाटार मा.वि.बाट सुरु भएको राष्ट्रपति कप शनिबार नेपाल प्रहरी एकेडेमी महाराजगञ्जमा सम्पन्न भएको हो । पाँच दिनसम्म सञ्चालन भएको कार्यक्रममा राष्ट्रपति कपका ६ विधाका खेलहरु विद्यालय स्तरमा खेलाइएको थियो।

     

    टोखा नगर स्तरिय चौंथो राष्ट्रपति कपमा टोखामा भएका ९० विद्यालयमध्ये सामुदायिक र संस्थागत गरी ३३ विद्यालयले सहभागिता जनाएका थिए । टाेखाको मुटुमा रहेको श्री सरस्वती मा.वि.ले १७ स्वर्ण, ८ रजत, ९ कास्य सहित ३४ पदक सहित प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै दोस्रो स्थानमा सामुदायिक विद्यालय अन्तर्गत मनोहर मा.वि. रहेको छ । मनोहरले ६ स्वर्ण २ रजत र २ कास्य गरी १० पदक पाउन सफल भएका छन् । जसले ७५ हजार नगद सहित विजेता खेलाडीहरुका लागि मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । तृतिय स्थानमा प्राप्त गर्ने संस्थागत तर्फको हेराल्ड सेकेण्डरी स्कुलले ५ स्वर्ण, ३ रजत, ९ कास्य गरी १७ पदक प्राप्त गर्न सफल भएको छ ।

    त्यस्तै शान्तवना पुरस्कार (चौंथो) स्थानमा विष्णुमती आवाशिय सेकेण्डरी स्कुल,
    पाँचौंस्थानमा सामुदायिक तर्फ जालुपा मा.वि.,छैटौं हुने डिभाइन स्कुल , सातौं स्थानमा तिलिङ्गाटार मा.वि.,आठौं स्थानमा साउथवेष्ट स्कुल , नवौंस्थानमा
    नवदिक्षित पाठशाला र दसौं स्थानमा दीपज्योती स्कुल पर्न सफल भएको थियो ।
    टोखा नगर स्तरिय चौंथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागीहरु विभिन्न विधाका खेलाडीहरुलाई टाेखा नगर प्रमुख प्रकाश अधिकारीले
    प्रमाणपत्र, मेडल, ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारीले खेलकुदतर्फ सरस्वती मा.वि.ले नाम राख्न सफल भएको बताउनुभयो । उहाँले खेलकुदमा टोखामा सामुदायिक विद्यालयले खेलकुदमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको सरस्वती मा.वि. र मनोहर मा.वि.ले खेलमा गरेको प्रगतिलाई नगर प्रमुख प्रकाश अधिकारीले खुलेर प्रशंसा व्यक्त गरेका थिए । शिक्षातर्फ फ्लोरोसेन्टले नाम राख्न सफल भएको उहाँले बताउनुभयो ।

     

    टाेखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले कार्यक्रममा बोल्दैयसपटकको कमीकमजोरीबाट सच्चिदै अर्को वर्ष ९० वटै विद्यालयलाई सहभागी गराएर राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिने बताएका छन् । बिसीले बिजेता बन्न सफल विद्यालय र खेलाडीहरुलाई धन्यवाद दिएका छन् । कार्यक्रममा नगर उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यहरु  विभिन्न विद्यालयका खेलाडीहरु,शिक्षक शिक्षिका ,विद्यार्थी भाइबहिनीहरु अभिभावकको समेत सहभागिता रहेको थियो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै