•            
    • TOKHA LIVE

    • २३ माघ २०८१, बुधबार ०७:४९

    टोखामा सपनतिर्थ दाफा खलद्वारा आयोजित सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध सम्पन्न

     

    सुशीला डंगोल(प्रशिक्षार्थी)
    काठमाडौं ,माघ २२/ सपनतिर्थ दाफा खलद्वारा आयोजित सामूहिक बेल विवाह (ईही) र वर्तबन्ध सम्पन्न भएको छ ।टोखा नगरपालिका वडा २ स्थित ऐतिहासिक तपलाछीमा आइतबार नेवार समुदायका कन्याहरूको सामूहिक रूपमा बेल विवाह गरिएको हो । यस वर्ष ५९ कन्याको सामूहिक बेल विवाह गरिएको श्री सपनतिर्थ दाफा खलले जनाएको छ ।नेवार समुदायमा बेल विवाह महत्त्वपूर्ण कर्मको रूपमा रहँदै आएको छ । रजश्वला हुनुअघि कन्याको बेल विवाह गर्ने परम्परा अनुसार नेवार समुदायकै गुभाजु , पुरोहितबाट बेल विवाह कर्म गराइएको हो।

    श्री सपनतिर्थ दाफा खलका प्रकाश डंगोलले मौलिक परम्परा अनुसार कर्म गर्न, गराउन अभिभावकको सहजताका लागि सामूहिक बेल विवाह गर्दै आएको यस
    बेल विवाह मा ५९ जना बालिकाहरू र १८ जना चाहि बटुकहरूको शुभ व्रतबन्धकर्म सफलता पुर्वक सम्पन्न भएको बताए।

    यो कार्यमा टाेखा नगरपालिका मात्र नभई विभिन्न छिमेकी नगरपालिकाबाट समेत उपस्थित रहेका छन् । टोखा नगरपालिका १,२ र ३ का साथै साथ धापासी गोङ्गबु आदि विभिन्न ठाउँका कन्याहरूको सामूहिक रूपमा बेल विवाह गर्न टाेखा आइपुगेका थिए । नेवार जातिमा बेल जस्तो भयो दुलही वर पाउने जन विश्वास छ। बेल भनेको फल, हो त्यहि फलसंग बालिकाहरुका बिहे गर्ने, परम्परा नेवार समुदायमा त्यो नै बेल विवाह हो ।

     

     

    Facebook Comments

  • सम्बन्धित खवर

    रहस्यमय गुफा : नाग नागिन

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै