• TOKHA LIVE

    • २७ पुष २०७७, सोमबार ०५:३७

    जुम्लामा व्यावसायिक कालिजपालन सुरु

    २०७७ पुष २७ गते

    जुम्ला । जिल्लामा कालिजपालन व्यवसाय सुरु गरिएको छ । पर्यटक प्रवद्र्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि गुठीचौर गाउँपालिका–४ बिगारे गाउँमा कालिजपालन सुरु गरिएको हो ।जुम्लामै हजारौँ संख्यामा कालिजपालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जंगली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिए ।

    उनका अनुसार महालक्ष्मी कालिज फार्म खोलेर व्यवसाय सुरु गरिएको छ । स्वदेशमै स्वरोजगार सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ व्यवसाय सुरु गरिएको पाण्डेले बताए । हिमाली हावापानीमा पालिएको कालिज पोषणका हिसाबले पनि निकै उत्तम हुने पशुपक्षी विज्ञ बताउँछन् । यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक भएको ग्राहकले समेत भन्न थालेका बताइएको छ । भेटनरी तथा पशुपालन विकास कार्यालयका प्रमुख गोविन्द महतले यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक हुने बताए ।

    जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको सो फार्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको छ । यसका साथै एक हजार बढी चल्ला उत्पादन गर्ने लक्ष्य लिइएको सञ्चालकले जनाएका छन् । तीन वर्षमा जुम्लालाई आवश्यक पर्ने कालिज उत्पादन गर्न सकिने सञ्चालकको दाबी छ । १५ लाख लगानी गरी फार्म खोलिएको हो । अहिले फार्ममा ४० पोथी र १ सय १५ भाले कालिज रहेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    छुटाउनुभयो कि? सबै