• TOKHA LIVE

    • २५ मंसिर २०७७, बिहीबार ०९:२८

    विश्व बैंक र एसियाली विकास बैंकबाट नेपालले सवा १४ अर्ब ऋण लिने

    काठमाडौं । नेपालले विश्व बैंक र एसियाली विकास बैंकबाट सवा १४ अर्ब रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिने भएको छ । मन्त्रिपरिषद्को मंसिर १५ र १८ गतेको बैठकले यस्तो निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार १५ मंसिरको मन्त्रीपरिषद् बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैैंकबाट ४० मिलियन डलर (४ अर्ब ७७ करोड) बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय भएको छ ।

    सोही आयोजनाका लागि १० मिलियन डलर (१ अर्ब १९ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत भएको छ । साथै, मंसिर १८ मा बसेको मन्त्रिपरिषद् बैठकले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजना संचालन गर्न विश्व बैंकबाट ९ अर्ब ३८ करोड (८० मिलियन डलर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    छुटाउनुभयो कि? सबै