• TOKHA LIVE

    • १९ कार्तिक २०७७, बुधबार २०:३९

    ऐतिहासिक धार्मिक पुरातात्विक पर्यटकीयस्थल काजी कालु पाण्डेको समाधिस्थल इन्द्रदह:-

    टाेखा लाइभ / नविना श्रेष्ठ
    कार्तिक १९,२०७७

    काठमाडौंको विभिन्न ठाउँ मध्ये एक चन्द्रागिरी नगरपालिका वडा नं १ स्थित ऐतिहासिक धार्मिक पुरातात्विक पर्यटकीय स्थल काजी कालु पाँडेको समाधिस्थल रहेको इन्द्रदह परिसरमा गत वर्ष चौथो इन्द्रदह पर्यटन उत्सवमा प्रमुख अतिथिको रूपमा उत्सवमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति हुनु भएको थियोे ।

    काजी कालु पाँडे मूर्ति स्थापना गरेको स्थानमा पछिलो समय सहरी क्षेत्रका मानिसहरु शहर भन्दा परको क्षेत्र घुम्न जाने प्रचलन बढदो छ। दिनमा ५००० हजार भन्दा बढि मानिसहरुको आवतजावत हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

     

    काजी कालु पाँडे समाधिस्थल१८१४ सालमा बल्खु खोलामा नेपाल एकीकरण अभियानमा रहेका पृथ्वीनारायण शाहले किर्तिपुरमाथि आक्रमण गरे। दहचोक गोर्खाली सेनाले कीर्तिपुर माथि आक्रमण गर्यो। गोर्खाली सेनाले तीन थाना तिरबाट आक्रमण गर्दा बल्खु खोलाको तीरमा काटाकाट चल्यो र गोर्खालीहरुको सेनानायक कालु पाँडे त्यही युद्धमा मारिएका थिए । पृथ्वी नारायण शाह स्वयं कीर्तिपुर वासीको कब्जामा परेको थियो। तर राज वध गर्न नहुने नैतिक नियमले मात्र उनी बाँचेर मुक्त भएका थिए।

    सो युद्धमा गोर्खाली सेनाका सेनानायक कालु पाँडे मारिए।

    काजी कालु पाँडे ले कीर्तिपुर युद्धमा यदि म मरे मेरो शिर गोर्खापट्टी फर्काएर अन्तेष्टि गरिदिनु भनेका थिए।

    सोही अनुसार उहाँको अन्तेष्टि त्यही स्थानमा भएको थियो। त्यसैले यस स्थान काजी कालु पाँडेको समाधिस्थलको रूपमा प्रसिद्ध छ। यस स्थानमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहले काठमाण्डौ उपत्यकामा आक्रमण गर्नु अगाडि शक्ति पीठको रुपमा स्थापना गरेको मनकामना मन्दिर काजी कालु पाँडेको समाधिस्थल ,भ्यू टावर, प्राचीन गढी, धौलागिरी, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरी शङ्कर, लगायत हिमाल यहाँबाट छर्लङ्ग देख्न सकिन्छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै