• TOKHA LIVE

    • १९ आश्विन २०७७, सोमबार ०६:२९

    शेयर बजारमा उत्साह, साताको पहिलो दिनमै दोहोरो अंकको वृद्धि:-

     

    टोखा लाइभ असोज १९ काठमाडौं ।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उत्साहजनक वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले नेप्से बढेको हो । नेप्से १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा पुगेको छ । आइतबार कुल १९३ कम्पनीको ३ अर्ब ८ करोड ३ लाख ४४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भयो ।

    १ करोड ४ लाख ७ हजार १२३ कित्ता सेयर किनबेच भएका छन् । आज कारोबार भएका समूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली देखिएको छ । आज उत्पादनमूलक समूह सबैभन्दा बढी १३५.२६ अंकले बढ्यो । आज आधादर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।

    कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट र प्रोग्रसिभ फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त भएसँगै राष्ट्रिय अर्थनीतिमा उनको उपस्थिति नहुने भएको छ । यसले समेत लगानीकर्तामा उत्साह थपेको अनुमान गरिएको छ । खतिवडासँग लगानीकर्ता सधैभरी तर्सने गर्छन् ।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    छुटाउनुभयो कि? सबै