• TOKHA LIVE

      TOKHA LIVE

    • १४ आश्विन २०८३, बुधबार ०५:४७

    टोखाकी सङ्गीता भिंबजी सुप्रिम कलेजको बीबीएस चौथो वर्षमा कलेज टपर

    टोखा, काठमाडौं, असोज १४ । टोखा नगरपालिका वडा नं. ३ की सङ्गीता भिंबजीले बीबीएस चौथो वर्षको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै कलेज टपर बन्न सफल भएकी छन्।

    सामाखुसीस्थित सुप्रिम कलेजमा अध्ययनरत भिंबजीले ७९.८० प्रतिशत अंक प्राप्त गर्दै कलेजमा उत्कृष्ट स्थान हासिल गरेकी हुन्।

    मेहनत, लगन र निरन्तर प्रयासबाट प्राप्त सङ्गीताको यस सफलताले परिवार, गुरुजन तथा शुभेच्छुकमा खुसी थपेको छ। उनको सफलतामा बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि थप सफलताको शुभकामना व्यक्त गरिएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै