काठमाडौं । टोखा नगरपालिका वडा नं. ३ ले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीलाई समयमै भत्ता नवीकरण गर्न आग्रह गरेको छ।
वडा कार्यालयले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका लाभग्राहीले आर्थिक वर्ष २०८३/०८४ का लागि असोज मसान्तभित्र आफ्नो विवरण नवीकरण गर्नुपर्ने जनाएको हो।
वडा कार्यालयका अनुसार सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्न आवश्यक प्रक्रिया पूरा गरी तोकिएको समयभित्रै नवीकरण गर्नुपर्नेछ। केही लाभग्राही हालसम्म नवीकरणका लागि वडा कार्यालयमा उपस्थित नभएकाले कार्यालयले समयमै नवीकरण गर्न कार्यवाहक वडा अध्यक्ष हरिकृष्ण श्रेष्ठद्वारा जारी सूचनामा केही लाभग्राही हालसम्म नवीकरणका लागि वडा कार्यालयमा नआएको उल्लेख गर्दै समयमै नवीकरण गर्न विशेष आग्रह गरिएको छ।
समयमै नवीकरण नभएमा लाभग्राहीको नाम सामाजिक सुरक्षा अभिलेखबाट हट्न सक्ने र त्यसबाट भत्ता प्राप्त हुन नसकेमा वडा कार्यालय जिम्मेवार नहुने सूचनामा उल्लेख छ।
नवीकरणका लागि सामाजिक सुरक्षा भत्ता कार्ड तथा राष्ट्रिय परिचयपत्र प्रमाणपत्र/कार्ड आवश्यक पर्ने वडा कार्यालयले जनाएको छ।
वृद्धवृद्धा, एकल महिला तथा अन्य सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीलाई झन्झट नहोस् र नियमित रूपमा राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षाको सुविधा निरन्तर रहोस् भन्ने उद्देश्यले समयमै प्रक्रिया पूरा गर्न वडा कार्यालयले अनुरोध गरेको छ।
सूचना:-


