काठमाडौं असोज ११ । नेपा युवा क्लब टोखाको ९औँ साधारण सभा तथा ६औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।
क्लबको संस्थागत विकास, आगामी कार्ययोजना तथा युवाको सक्रिय सहभागितालाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित अधिवेशनमा क्लबका सदस्य तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सभामा क्लबले विगतमा सञ्चालन गरेका विभिन्न गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम, योजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको थियो। युवाको नेतृत्व र सहभागितामार्फत सामाजिक सेवा तथा समुदायको विकासमा क्लबलाई अझ सक्रिय बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
अधिवेशनबाट राजीव डंगोलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
नयाँ कार्यसमिति :
अध्यक्ष : राजीव डंगोल
उपाध्यक्ष : रञ्जित डंगोल
महासचिव : हेरोनिका डंगोल
कोषाध्यक्ष : रमन डंगोल
सचिव : शान डंगोल
सदस्यहरू :
रुबिना डंगोल, समन डंगोल, सन्दिपा डंगोल, सुरेश डंगोल, आकृति श्रेष्ठ र अनिल डंगोल।
नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा युवा नेतृत्व विकास, सामाजिक सेवा, खेलकुद तथा समुदायको हितमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
क्लबले नयाँ नेतृत्वसँगै युवाको ऊर्जा, सिर्जनशीलता र सामाजिक भावनालाई जोड्दै समुदायका लागि थप अर्थपूर्ण काम गर्ने विश्वास व्यक्त गरेको छ।


