TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? २०८३ कार्तिक २२, आइतवार
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी २०८३ कार्तिक २२, आइतवार
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल २०८३ कार्तिक २१, शनिवार
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक २०८३ कार्तिक २१, शनिवार
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार

‘त्रिपुरेश्वर घटनालाई सामान्य घटनाको रूपमा नहेरियोस्’

  • Avatar photo

    TOKHA LIVE

  • २०८३ आश्विन ६, मंगलवार
‘त्रिपुरेश्वर घटनालाई सामान्य घटनाको रूपमा नहेरियोस्’
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, ६ असोजः सांसदहरूले त्रिपुरेश्वर चोकमा दुई महिनाको अन्तरालमा दुई जना चालकले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आज आकस्मिक समयमा भाग लिने सांसदहरूले पटक–पटक सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले चालकहरू आत्मदाहको अवस्थामा पुग्नुको कारण खोज्नुपर्ने बताउनुभएको छ । सांसद युवराज दुलालले काठमाडौँको त्रिपुरेश्वरचोकमा सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले सोमबार सवारीचालक अर्जुन दोङले मृत्युवरण गर्ने अवस्था आउनु ज्यादै दुखदः रहेको र उहाँले मृत्युवरण गर्नुको कारण सरकारले गम्भीर भएर खोजी गर्नुपर्ने बताउनुभयो । “त्रिपुरेश्वर चोकमा उही ठाउँ र उही प्रकृतिको घटना दुई महिनाको अन्तरालमा दोर्‍योरिएकाले पनि ट्राफिक प्रहरीसँगको विवाद हुँदा चालकले आत्मदाह जस्तो गम्भीर प्रकृतिको घटना किन रोज्नुपरेको छ । त्यस्ता घटना रोक्न किन सरकारी निकायले पर्याप्त सावधानी अपनाइएन सो विषयमा सरकारको ध्यानाकर्षण गराउँछु”, उहाँले भन्नुभयो, “यस्ता घटना बारम्बार किन भइरहेका छन् भन्ने विषयमा सरकार गम्भीर हुन जरुरी छ ।” सांसद क्रान्तिशिखा धितालले त्रिपुरेश्वरचोकमा भएका दुई घटनाले प्रहरीको काग गर्ने शैली र चालकको मनोदशाको विषयमा गम्भीर हुन जरुरी रहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीकोे पनि यात्रु र चालकसँग गर्नुपर्ने व्यवहार र शैली बदल्नुपर्ने बताउनुभयो । सांसद आशिका तामाङले ट्राफिक प्रहरीले अनिवार्य शरीरमा क्यामेरा जडान गरेर आवश्यक कारबाही अघि बढाउनुपर्ने बताउनुभयो । सांसद वलावती शर्माले त्रिपुरेश्वर चोकमा २५ वर्षे युवाले बसभित्र आगो लगाएर मृत्युवरण गर्नुपर्ने अवस्था किन आयो भनेर सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद आरेन राई ‘जेनजी’ आन्दोलनपछि हरेक युवामा नैराश्यता छाएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरचोकमा भएको घटनालाई सामान्य घटनाको रूपमा नहेरी गम्भीर घटनाको रूपमा हेर्नुपर्ने बताउँदै तत्कालै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । सांसद आशिष गजुरेल सडक प्रयोगकर्ता र चालकको मनोवैज्ञानिक असरका विषयमा विदेशी मुलुकमा ठूलो लगानी हुने गरेता पनि नेपालमा सो नहुँदा पनि विभिन्न खालका समस्या आउने गरेको बताउनुभयो । सांसद रमेशकुमार मल्लले सल्यान जिल्लामा एक महिनाको अवधिमा स्क्रब टाइफसको सङ्क्रमणको कारणले सात जनाको मृत्यु भएकाले पनि सोसँग आवश्यक पर्ने स्वास्थ्य किटहरूको पनि अभाव रहेकाले तत्कालै आपूर्ति गर्न सरकारसँग माग गर्नुभयो । सांसद सोम शर्माले बाग्लुङमा फैलिएको डेङ्गुको समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

२०८३ कार्तिक २२, आइतवार
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

२०८३ कार्तिक २२, आइतवार
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

२०८३ कार्तिक २१, शनिवार
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

२०८३ कार्तिक २१, शनिवार
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol