• TOKHA LIVE

      TOKHA LIVE

    • ४ आश्विन २०८३, आईतवार १८:४२

    टोखा वडा २ मा नेपाली कांग्रेसको १५ औँ अधिवेशन सर्वसहमतिमा सम्पन्न

    नविना श्रेष्ठ
    असोज ४, २०८३

    काठमाडौं । नेपाली कांग्रेस टोखा नगरपालिका–२ को १५औँ वडा अधिवेशन सर्वसहमतिमा सम्पन्न भएको छ। अधिवेशनले वडा इकाई सभापतिमा लक्ष्मीनारायण डंगोलसहित वडा कार्यसमिति तथा ४१ जना क्षेत्रीय प्रतिनिधि सर्वसहमतिमा चयन गरेको छ।

    अधिवेशनका क्रममा १४औँ वडा अधिवेशनका इकाई सभापति हेराकाजी महर्जन डंगोल र सभापतिका दावेदार लक्ष्मीनारायण डंगोलबीच सहमति जुटेपछि लक्ष्मीनारायण डंगोललाई वडा सभापतिको जिम्मेवारी हस्तान्तरण गरिएको हो।

    सहमति निर्माणका क्रममा टोखा–२ का पूर्व वडा अध्यक्ष दीपकराज जोशी, पूर्व वडा सभापति काइला डंगोल, महाधिवेशन प्रतिनिधिहरू काशीनारायण श्रेष्ठ, माइला डंगोल, बुद्धिलाल श्रेष्ठ लगायतको भूमिका रहेको बताइएको छ। त्यस्तै नेपाली कांग्रेसका सक्रिय तथा बौद्धिक व्यक्तित्वहरू पुष्पराज जोशी, केदार श्रेष्ठ लगायत पार्टीका शुभेच्छुक, महिला तथा युवा प्रतिनिधिहरूको सुझाव र सहमतिलाई समेत आधार बनाइएको थियो।

    पार्टीभित्र एकता र सहकार्यलाई प्राथमिकता दिँदै पूर्व वडा इकाई सभापति हेराकाजी महर्जन डंगोलले सहमतिमै आफ्नो जिम्मेवारी लक्ष्मीनारायण डंगोललाई हस्तान्तरण गरेको जानकारी दिए।

    यससँगै टोखा नगरपालिका–२ मा वडा सभापति, उपसभापति लगायत वडा कार्यसमिति तथा ४१ जना क्षेत्रीय प्रतिनिधि सर्वसहमतिमा चयन भएका छन्।

    यसैबीच, नेपाली कांग्रेस टोखा नगर सभापति ओमकृष्ण बिमलीले टोखा नगरपालिकाका सबै ११ वटै वडामा वडा सभापति सर्वसहमतिमै चयन भएको जानकारी दिएका छन्। उहाँले टेलिफोनमार्फत सबै वडामा सहमतिबाट नेतृत्व चयन भएको जानकारी दिएका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै