• TOKHA LIVE

      TOKHA LIVE

    • ३ आश्विन २०८३, शनिबार १५:३६

    भोटेकोशी बाढीपीडितलाई लायन्स क्लब शुभ ताराकाे सहयाेग, १६ लाख बराबरकाे राहत सामग्री वितरण

     

    काठमाडौं,  २०८३ असोज ३ । भाेटेकाेशी बाढीबाट प्रभावित पिडित परिवारहरूलाई लायन्स क्लब अफ काठमाडौं शुभ ताराले करिव १६ लाख बराबरकाे राहत सामग्री सहयाेग गरेका छन् ।

    क्लबले बाढी प्रभावित क्षेत्र नुवाकाेटकाे विदुरमा अवस्थित विभिन्न हाेल्डिङ सेल्टरमा गएर बाढीबाट प्रभावित पिडित परिवारहरूकाे अवस्था बुझेर उक्त राहत सामग्री पिडितकै हात हातमा वितरण गरिएकाे हाे ।

    विदुर नगरपालिका–४ का वडाध्यक्ष विनोदबाबु ढुंगेल तथा त्रिशूली उद्योग वाणिज्य संघकी अध्यक्ष गीता अमात्यको रोहबरमा वास्तविक बाढीपीडित परिवारकाे पहिचानगरी राहत सामग्री हस्तान्तरण गरिएको आयोजक संस्था लायन्स क्लब अफ काठमाडौं शुभ ताराले जनाएको छ।

    विभिन्न होल्डिङ सेल्टरमा अत्यावश्यक बस्तुहरू लत्ताकपडा, डसना, तकिया, ब्ल्याङ्केट, झुल, स्याम्पु, सेनिटरी प्याड, महिलाहरूका भित्री बस्त्रलगायत खाद्यान्न सामग्री वितरण गरिएको लायन्स क्लब अफ काठमाडौं शुभ ताराका संस्थापक अध्यक्ष राजेश हिमालयले जानकारी दिनुभयाे ।

    बाढीले घरबार तथा दैनिक जीवन प्रभावित भएपछि परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौं शुभ ताराले विभिन्न माध्यमबाट सहयाेग जुटाउँदै पिडित परिवारलाई राहत उपलव्ध गराएकाे शुभ ताराकी अध्यक्ष सुसिला श्रेष्ठले बताएका छन् ।

    राहत वितरण कार्यक्रममा लायन्स क्लब अफ शुभतारा काठमाडौंका, चण्डिका श्रेष्ठ, आदित्य जोशी, आकाश श्रेष्ठ, रमिला प्रधान, मिना मानन्धर र महेश श्रेष्ठको सहभागिता रहेको थियो। यसैगरी लायन्स क्लब अफ गड साइबर सिटीका सुवास तामाङ र सुमन तामाङ पनि यस कार्यक्रममा सहभागी थिए।

    संस्थापक अध्यक्ष हिमालयले विपद्को घडीमा प्रभावित समुदायको साथमा उभिनु सामाजिक संस्थाहरूको महत्वपूर्ण दायित्व भएको बताउँदै मानवीय सेवाको यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै आवश्यकता र अवस्थाअनुसार थप सहयोग गरिने जानकारी दिए।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै