टाेखा काठमाडौं असोज ३ । टोखास्थित आरएल ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले ‘६औँ नेपाल ब्युटी, मेकअप एण्ड कस्मेटिक अवार्ड २०२६’ अन्तर्गत ‘बेस्ट फिमेल ब्युटी पार्लर’ अवार्ड प्राप्त गरेको छ।
एस.बी. क्रिएसन प्रा.लि.द्वारा आयोजित कार्यक्रममा सौन्दर्य तथा प्रशिक्षण क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सेन्टरलाई उक्त सम्मान प्रदान गरिएको हो।
१८ सेप्टेम्बर २०२६ मा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कार्यक्रम आयोजक सरिता भारती र प्रमुख अतिथि सम्भुजीत बास्कोटाबाट प्रमाणपत्र प्रदान गरिएको थियो।
टोखामा सौन्दर्य सेवा र प्रशिक्षणका क्षेत्रमा निरन्तर सक्रिय आरएल ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरका लागि यो सम्मान मेहनत, लगनशीलता र समर्पणको कदर बनेको छ। अवार्डले आगामी दिनमा अझ गुणस्तरीय सेवा तथा प्रशिक्षण प्रदान गर्न थप उत्साह र प्रेरणा मिलेको सेन्टरले जनाएको छ।
अवार्ड प्राप्त गरेपछि आरएल ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक ललिता जोशी श्रेष्ठले खुसी व्यक्त गर्दै आयोजकप्रति हृदयदेखि नै आभार प्रकट गरेकी छन्।

उनले विशेष सम्मानका लागि सरिता भारती र डबु छेत्रीप्रति विशेष धन्यवाद व्यक्त गर्दै आफ्नो काम र यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण समर्थक, परिवार तथा साथीहरूप्रति पनि कृतज्ञता व्यक्त गरेकी छन्।
यो सम्मान प्राप्त गर्न पाउँदा आफूलाई निकै भाग्यमानी महसुस भएको बताउँदै श्रेष्ठले आगामी दिनमा पनि अझ मेहनत, समर्पण र आत्मविश्वासका साथ अघि बढ्ने बताएकी छन्।
टोखा नगरपालिका–३ निवासी सौन्दर्यकर्मी ललिता जोशी श्रेष्ठलाई गत जेठमा ‘ग्लोबल स्टार अवार्ड २०२६’ अन्तर्गत स्किन एन्ड फेसियल ट्रेनिङ स्पेसलिस्ट अवार्डबाट समेत सम्मानित भएकी छन्।
दक्ष इन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा सुकेधारास्थित होटल मक्र्युरमा आयोजित कार्यक्रममा सौन्दर्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो।
लामो समयदेखि सौन्दर्य तथा स्किन केयर क्षेत्रमा सक्रिय श्रेष्ठले विशेषगरी स्किन तथा फेसियल ट्रेनिङमार्फत युवायुवतीलाई सीपमूलक तालिम दिँदै आत्मनिर्भर बन्न प्रेरित गर्दै आएकी छन्।

