नविना श्रेष्ठ
भदौ ३१, २०८३
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ गते हुने वडा अधिवेशनको तयारीका विषयमा पार्टी महामन्त्री प्रदीप पौडेलले १५ वटै वडाका वडा सभापतिहरूसँग विशेष छलफल गरेका छन्।
नेपाली कांग्रेस क्षेत्र नम्बर ५ की निर्वाचित अधिकृत लीलामाया खतिवडाको नेतृत्वमा भएको छलफलमा १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयनको अवसरका रूपमा मात्र नभई उत्साह, एकता, रूपान्तरण, सुशासन, सहकार्य, समुन्नति र क्रियाशीलतालाई अघि बढाउने अभियानका रूपमा अगाडि बढाउने विषयमा छलफल भएको जनाइएको छ।
राष्ट्रियता, लोकतन्त्र र समृद्ध नेपाल निर्माणको लक्ष्यलाई केन्द्रमा राख्दै अधिवेशनलाई व्यवस्थित, उत्साहपूर्ण र प्रभावकारी बनाउने विषयमा महामन्त्री पौडेलले वडा सभापतिहरूसँग गहिरो छलफल गरेका थिए।



