• TOKHA LIVE

      TOKHA LIVE

    • २९ भाद्र २०८३, सोमबार १८:३५

    बुढानीलकण्ठमा ६२औँ राष्ट्रिय बाल दिवस मनाइयो, १६ विद्यार्थी सम्मानित

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा ६२औँ राष्ट्रिय बाल दिवस २०८३ विविध कार्यक्रमसहित मनाइएको छ। बाल गृह महासंघ नेपालको आयोजना तथा नगरपालिकाको सहयोगमा नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामासहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो। सो अवसरमा एसईई उत्तीर्ण १६ जना बालबालिकालाई सम्मान गरिएको छ भने ९ वटा बालगृहलाई प्रशंसापत्र प्रदान गरिएको छ।

    कार्यक्रममा बालबालिकाको अधिकार, संरक्षण, शिक्षा तथा हित प्रवर्द्धनमा जोड दिइएको थियो। बालबालिकाको सुरक्षित र सम्मानजनक भविष्य निर्माणका लागि परिवार, समुदाय र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिइएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै