• TOKHA LIVE

      TOKHA LIVE

    • २५ भाद्र २०८३, बिहीबार ०८:१०

    असोज ३ गतेदेखि उपत्यकामा २८ वटा रात्रि बस ६ नयाँ रुटमा चल्ने

    काठमाडौँ । संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा थप २८ वटा रात्रिकालीन बस ६ वटा विस्तारित रुटमा सञ्चालन हुने भएका छन्।
    काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बैठकले रात्रिकालीन यातायात सेवा विस्तार गर्ने निर्णय गरेको हो। बैठकमा काठमाडौँ र ललितपुर महानगरपालिका, सम्बन्धित नगरपालिकाका प्रमुख तथा उपप्रमुख, साझा यातायात र सरोकारवाला अधिकारीहरूको सहभागिता थियो।
    हाल काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ।
    विस्तारित सेवाअन्तर्गत गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, विमानस्थलदेखि चन्द्रागिरिको नागढुङ्गासम्म ४ वटा, कीर्तिपुरदेखि नयाँ सडकस्थित नेपाल वायु सेवा निगमसम्म ४ वटा तथा चक्रपथमा दुईतर्फी सञ्चालनका लागि ८ वटा बस चलाइनेछ।
    नयाँ रुट विस्तारसँगै उपत्यकाको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई रात्रिकालीन सार्वजनिक यातायातमार्फत जोड्ने लक्ष्य राखिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै