• TOKHA LIVE

      TOKHA LIVE

    • २४ भाद्र २०८३, बुधबार २१:४३

    भदौ २३ र २४ मा अपराध गर्ने सबैलाई सजाय हुनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गतेका घटनामा अपराध गर्ने सबैमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने बताएका छन्।

    जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा उनले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको दमन र भदौ २४ गते भएको हिंसा तथा तोडफोड दुवैको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए।

    थापाले आवेग र आक्रोशलाई प्रयोग गरेर योजनाबद्ध हिंसा तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेलाई उन्मुक्ति दिन नहुने बताए। सिंहदरबार, अदालतलगायतका संरचनामा आगजनी र ध्वंस गराउनेको पहिचान गर्नुपर्ने उनको भनाइ छ।

    उनले भने, “भदौ २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ, २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ। अनि मात्रै राज्य जवाफदेही बन्न सक्छ।”

    थापाले भदौ २३ गतेको अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न तथा दमन, हिंसा र आगजनीमा संलग्न सबैको पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरे।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै