• TOKHA LIVE

      TOKHA LIVE

    • २४ भाद्र २०८३, बुधबार २१:४२

    हिमालयलाई विशेष जलवायु जोखिम क्षेत्रको मान्यता दिनुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालले पहल गर्नुपर्ने बताएका छन्।

    प्रतिनिधिसभामा बोल्दै उनले बाढी, हिमताल विस्फोट, हिमनदी पग्लिने, अतिवृष्टि र पहिरोजस्ता विपद्लाई स्थानीय घटनाका रूपमा मात्र नहेरी जलवायु संकटका रूपमा सम्बोधन गर्नुपर्ने बताए।

    लामिछानेले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय पहल, जलवायु वित्तमा सहज पहुँच, वैज्ञानिक अनुसन्धान, सीमापार पूर्वसूचना प्रणाली र हिमाली समुदायको संरक्षण आवश्यक रहेको उल्लेख गरे।

    उनले संघीय संसद्का दुवै सदनबाट ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ सम्बन्धी विशेष प्रस्ताव पारित गरी अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने प्रस्तावसमेत अघि सारे।

    उनको भनाइमा नेपाललाई विपत्तिबाट पीडित राष्ट्रका रूपमा मात्र नभई हिमालय र मानव सभ्यताको भविष्यबारे विश्वलाई सचेत गराउने राष्ट्र तथा हिमालयको आवाज का रूपमा स्थापित गर्नुपर्छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै