• TOKHA LIVE

      TOKHA LIVE

    • २३ भाद्र २०८३, मंगलवार १७:४६

    सहिदको सपना पूरा गर्न नागरिकमैत्री शासनमा प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सहिदको सपना पूरा गर्न महानगर प्रतिबद्ध रहेको बताएकी छन्।

    जेनजी सहिद दिवसका अवसरमा शुभकामना दिँदै डंगोलले विभिन्न राजनीतिक आन्दोलनमा सहादत प्राप्त गरेका सहिद तथा घाइतेप्रति सम्मान व्यक्त गरिन्। काठमाडौं ऐतिहासिक परिवर्तनको साक्षी रहेको उल्लेख गर्दै उनले शासन नागरिकको हित र सेवाका लागि हुनुपर्ने बताइन्।

    महानगरले सरकारी सेवा झन्झटमुक्त, प्रविधिमैत्री र नागरिकको घरदैलोसम्म पुर्‍याउने गरी काम गरिरहेको उनले बताइन्। स्वास्थ्य, शिक्षा, खानेपानी र स्वच्छ वातावरणजस्ता मौलिक अधिकार सुनिश्चित गर्दै विभेदरहित समाज निर्माणलाई प्राथमिकता दिएको उनको भनाइ छ।

    ‘परिवर्तन केवल शब्दमा होइन, नागरिकको दैनिक जीवनमा देखिनुपर्छ,’ डंगोलले भनिन्।

    काठमाडौंलाई न्यायपूर्ण, सुशासित र बस्नयोग्य सहर बनाउने अभियान जारी रहेको बताउँदै उनले नागरिकको भरोसा र सहिदले देखाएको बाटोलाई मार्गदर्शन बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै