• TOKHA LIVE

      TOKHA LIVE

    • २२ भाद्र २०८३, सोमबार २२:०७

    बाढीपीडितका लागि एन्जल्स प्याराडाइज स्कुलको १ लाख २५ हजार सहयोग

    काठमाडौं । दुःख र विपत्तिको समयमा एक–अर्काको साथ बन्नु नै मानवताको सुन्दर परिचय हो। यही भावनाका साथ टोखा–३ स्थित एन्जल्स प्याराडाइज स्कुलले रसुवा बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेको छ।

    विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी तथा विद्यालय समुदायको सामूहिक योगदानबाट संकलित १ लाख २५ हजार ५ सय रुपैयाँ PABSON काठमाडौं वेलफेयर फन्डमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।

    विनाशकारी बाढीले धेरै परिवारको खुसी खोसेको र जीवनलाई पीडामा धकेलेको अवस्थामा विद्यालयले आफ्नो सानो प्रयासमार्फत पीडित परिवारको दुःखमा साथ दिने प्रयास गरेको जनाएको छ।

    ‘हाम्रो सहयोग सानो हुन सक्छ, तर विपत्तिमा परेको परिवारका लागि यसले आशा र हौसला थप्न सक्छ’ भन्ने भावनासहित विद्यालय परिवार राहत अभियानमा जोडिएको हो।

    विद्यालयले बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै कठिन घडीमा पीडितको साथमा रहेको जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै