काठमाडौं । जेनजी सहिद दिवसका अवसरमा सरकारले भोलि भदौ २३ गते देशभर सार्वजनिक बिदा दिएको छ।
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मान तथा स्मरणमा भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णय गरेको हो। सार्वजनिक बिदाका कारण देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ।


