• TOKHA LIVE

      TOKHA LIVE

    • ८ भाद्र २०८३, सोमबार १५:००

    प्रभात सापकोटालाई चूडा–चरण बालजीवनी पुरस्कार

    काठमाडौं भदौ ८। नेपाली बालसाहित्यमा लामो समयदेखि सक्रिय स्रष्टा प्रभात सापकोटालाई नेवासास चूडा–चरण बालजीवनी पुरस्कार–२०८३ प्रदान गरिएको छ। बालसाहित्यका विभिन्न विधासँगै बालजीवनी लेखनमा पुर्‍याएको योगदानको सम्मान गर्दै उहाँलाई रु. १५ हजार राशिसहितको पुरस्कार प्रदान गरिएको हो।

    सापकोटाको सिर्जनात्मक यात्रालाई सम्मान गर्दै आयोजकले आगामी दिनमा पनि बालसाहित्यको क्षेत्रमा उनको सक्रियता निरन्तर रहने विश्वास व्यक्त गरेको छ। सम्मानपत्रमार्फत उनको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनका लागि शुभकामनासमेत व्यक्त गरिएको छ।

    पुरस्कार वितरण कार्यक्रममा विजय राज आचार्य (अध्यक्ष) डा. विष्णु केसी (महासचिव), डा. चूडामणि ढुंगेल (पुरस्कार संस्थापक)  को उपस्थिति रहेको थियो।

    अन्य स्रष्टा र बालप्रतिभा पनि सम्मानित

    सोही अवसरमा नेपाली बालसाहित्य तथा सिर्जनाका क्षेत्रमा योगदान पुर्‍याउने अन्य स्रष्टा र बालप्रतिभालाई पनि विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको छ।

    प्रमोद प्रधानलाई नेवासास जयपृथ्वी सम्मान प्रदान गरिएको छ। त्यस्तै, बालप्रतिभातर्फ अमृत विक र आयार्या नवालीलाई नेवासास जयपृथ्वी बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ।

    त्यसैगरी प्रा. डा. चूडामणि बन्धुलाई नेवासास तेजप्रतिभा बाल नियात्रा/बाल लोकवार्ता पुरस्कार, तेजप्रकाश श्रेष्ठलाई नेवासास मुकेश–जनक विज्ञान बालसाहित्य पुरस्कार र डा. जयन्ती सापकोटालाई नेवासास बालसाहित्य अनुसन्धान पुरस्कार प्रदान गरिएको छ।

    अमेरिकामा रहेका आभास अयाललाई नेवासास विमला–मोहन प्रवासी बालमञ्च पुरस्कार प्रदान गरिएको छ।

    बालसाहित्यको सिर्जना, अनुसन्धान र बालप्रतिभाको प्रोत्साहनमा योगदान पुर्‍याउने स्रष्टा तथा प्रतिभालाई गरिएको सम्मानले नेपाली बालसाहित्यको यात्रामा थप ऊर्जा र उत्साह थपेको छ। यस्ता सम्मानले पुराना पुस्ताका स्रष्टाको योगदानलाई सम्झनुका साथै नयाँ पुस्तालाई सिर्जनाको बाटोमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै