• TOKHA LIVE

      TOKHA LIVE

    • ८ भाद्र २०८३, सोमबार १३:३४

    पोल्ट्री किसानद्वारा माइतीघरमा विरोध प्रदर्शन

    काठमाडौं । पोल्ट्री किसानहरूले आफ्ना विभिन्न माग सम्बोधन गर्न माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

    सरकारले पोल्ट्री क्षेत्रका किसानले भोग्दै आएका समस्या तत्काल समाधान गर्नुपर्ने माग गर्दै किसानहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले ‘भारतीय कुखुरा तस्करी बन्द गर’, ‘कोल्ड स्टोरको कमिसन बन्द गर’, ‘पोल्ट्री किसानका माग पूरा गर’ र ‘साना किसानको विस्थापन बन्द गर’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

    किसानहरूले भारतीय कुखुराको अवैध आयात तथा तस्करीका कारण स्वदेशी पोल्ट्री व्यवसाय प्रभावित भएको गुनासो गरेका छन्। त्यस्तै, कोल्ड स्टोरमा लिइने कमिसन, उत्पादनको उचित मूल्य नपाउने अवस्था तथा बढ्दो लागतका कारण साना किसानहरू व्यवसायबाट विस्थापित हुने जोखिममा रहेको उनीहरूको भनाइ छ।

    प्रदर्शनकारी किसानहरूले सरकारले पोल्ट्री क्षेत्रका समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने र किसानको लगानी तथा व्यवसायको संरक्षण गर्नुपर्ने माग गरेका छन्। साथै, अवैध रूपमा हुने कुखुराको आयात नियन्त्रण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै