• TOKHA LIVE

      TOKHA LIVE

    • ३१ श्रावण २०८३, आईतवार १९:४३

    न्हुजः खल नयाँ किरण समूहको ४३औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम हुँदै

    काठमाडौं । नयाँ किरण समूह (न्हुजः खल) तथा न्हुजः पुस्तकालय, टोखा नगरपालिका वडा २ को संयुक्त आयोजनामा भोलि रक्तदान कार्यक्रम हुने भएको छ।
    समूहको ४३औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रम यही २०८३ भदौ १ गते सोमबार न्हुजः पुस्तकालय परिसरमा हुनेछ।
    रक्तदान केवल रगत दिने काम मात्र होइन, संकटमा परेको कुनै अपरिचितको जीवन बचाउने मानवीय सहयोग पनि हो। यही भावना आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा सहभागी भई जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न आयोजकले सबैमा आग्रह गरेको छ।
    कार्यक्रममा नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोग रहनेछ।
    ‘तपाईंले दिएको केही थोपा रगत, कसैका लागि जीवनको आशा बन्न सक्छ।’ यही मानवीय भावनासहित आयोजना हुन लागेको रक्तदान कार्यक्रममा सहभागी भई वार्षिकोत्सवलाई अझ अर्थपूर्ण बनाउन आयोजकले सम्पूर्ण रक्तदाता तथा शुभेच्छुकलाई अनुरोध गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर

    टोखामा गुंला पर्व तथा चतुर्मास भजन सुरु

  • छुटाउनुभयो कि? सबै