• TOKHA LIVE

      TOKHA LIVE

    • २५ श्रावण २०८३, सोमबार १३:०७

    ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

    काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा ‘लन्च कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ।

    फाउन्डेसनका अनुसार कार्यक्रम आगामी १२ भदौ २०८३ (२८ अगस्ट २०२६) मा काठमाडौंको बानेश्वरस्थित द एभरेस्ट होटलमा आयोजना हुनेछ।

    संस्कृतिहरूलाई जोड्दै, समुदायलाई प्रेरित गर्दै, विश्वव्यापी अवसर सिर्जना गर्दै’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रमले नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबीच सांस्कृतिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको छ।

    फाउन्डेसनले विभिन्न देश, समुदाय, संस्था, पेशागत क्षेत्र तथा व्यक्तिहरूलाई एउटै साझा मञ्चमा जोड्दै सांस्कृतिक आदान–प्रदान, सामुदायिक सहभागिता, शिक्षा, पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य, सामाजिक विकास तथा अन्तर्राष्ट्रिय साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको जनाएको छ।

    कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, व्यवसायी, शिक्षाविद्, पर्यटन तथा संस्कृति क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक संघ–संस्था, पेशागत व्यक्तित्व, युवा तथा विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ।

    कार्यक्रममा फाउन्डेसनको उद्देश्य, भावी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना, संस्थागत साझेदारी तथा समुदायकेन्द्रित विभिन्न पहलका बारेमा जानकारी प्रस्तुत गरिनेछ।

    त्यसैगरी, कार्यक्रममा औपचारिक शुभारम्भ, स्वागत मन्तव्य, प्रमुख अतिथिको सम्बोधन, विशेष मन्तव्य, अन्तरक्रिया, नेटवर्किङ, साझेदारीसम्बन्धी छलफल तथा लन्च कार्यक्रमलगायतका गतिविधि सञ्चालन हुनेछन्।

    फाउन्डेसनले सांस्कृतिक विविधताको सम्मान, आपसी समझदारीको विकास, ज्ञान तथा अनुभवको आदान–प्रदान र स्थानीयदेखि विश्वव्यापी तहसम्म नयाँ अवसर सिर्जनालाई आफ्नो प्राथमिकतामा राखेको जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै