• TOKHA LIVE

      TOKHA LIVE

    • २१ श्रावण २०८३, बिहीबार ०८:२९

    टोखामा मनलाई शान्ति र जीवनलाई सकारात्मक दिशा दिने ‘माइन्ड स्पा’ कार्यक्रम हुँदै

    टोखा काठमाडौं श्रावण २१,२०८३ । आजको व्यस्त जीवनशैलीमा तनाव, चिन्ता र मानसिक अस्थिरता धेरै युवाको साझा चुनौती बनेको छ। यही यथार्थलाई मध्यनजर गर्दै ब्रह्माकुमारीज नेपाल, यूथ विङ ले टोखामा युवाहरूका लागि “माइन्ड स्पा” नामक प्रेरणादायी तथा आत्मपरिवर्तनमुखी कार्यक्रम आयोजना गर्ने भएको छ।
    यहि साउन २३ गते (अगस्ट ८, २०२६) शनिबार बिहान १०:३० बजेदेखि दिउँसो १:०० बजेसम्म ब्रह्माकुमारीज टोखा सब–सेन्टर मा सञ्चालन हुने कार्यक्रममा ध्यान (Meditation) मार्फत तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास, आत्मविश्वास अभिवृद्धि, नकारात्मक सोचबाट मुक्ति तथा दैनिक जीवनमा माइन्डफुलनेसको अभ्यासबारे सरल र व्यवहारिक प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।

    कार्यक्रमले युवाहरूलाई केही समय आफ्नै मनसँग साक्षात्कार गराउँदै आत्मिक शान्ति, सकारात्मक ऊर्जा र जीवनप्रति नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास लिइएको छ। मनलाई हलुका, जीवनलाई अर्थपूर्ण र भविष्यलाई उज्यालो बनाउन चाहने टोखा तथा आसपासका सम्पूर्ण युवाहरूलाई कार्यक्रममा सहभागी हुन आयोजकले हार्दिक आह्वान गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै