• TOKHA LIVE

      TOKHA LIVE

    • २० श्रावण २०८३, बुधबार १२:१९

    बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले नेपालभाषामा लिए शपथ

    काठमाडौं, साउन २०/ बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले नेपालभाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    प्रदेश प्रमुखसमक्ष आयोजित समारोहमा मन्त्री बज्राचार्यले आफ्नो मातृभाषा नेपालभाषामा शपथ लिएका हुन्। मुख्यमन्त्रीको सिफारिसमा उनी भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा नियुक्त भएका हुन्।

    शपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, उच्च सरकारी अधिकारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

     मन्त्री बज्राचार्यले प्रदेशको भौतिक पूर्वाधार विकास, सडक, पुल तथा अन्य विकास आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, जनमुखी, पारदर्शी र उत्तरदायी शासन प्रणालीलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।मन्त्री बज्राचार्य  हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य समेत हुन्।

    नेपालभाषामा शपथ ग्रहण गर्दै बज्राचार्यले भाषिक तथा सांस्कृतिक विविधताको सम्मानसमेत अभिव्यक्त गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै