• TOKHA LIVE

      TOKHA LIVE

    • ५ श्रावण २०८३, मंगलवार १२:४९

    नेपाली बजारमा प्रोटोनको नयाँ विद्युतीय कार ‘ई मास फाइभ’ सार्वजनिक, मूल्य २९.९९ लाखदेखि

     

    काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले आफ्नो नयाँ विद्युतीय कार ‘ई मास फाइभ’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

     

    नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमबीच प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा कार सार्वजनिक गरेको हो। कारको मूल्य क्रमशः २९ लाख ९९ हजार रुपैयाँ र ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

     

    यसअघि नेपाली बजारमा प्रोटोन ई मास सेभेन ल्याइसकेको कम्पनीले यसपटक रियर–ह्वील ड्राइभ (RWD) विकल्पसहितको ई मास फाइभ बजारमा उतारेको हो।

     

    प्राइम भेरियन्टमा ३०.१२ किलोवाट–आवर क्षमताको ब्याट्री र प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा प्राइम भेरियन्टले २२५ किलोमिटर र प्रिमियम भेरियन्टले ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ।

     

    त्यस्तै, प्राइममा ५८ किलोवाट र प्रिमियममा ८५ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ।

     

    कारको इन्टेरियरमा १४.६ इन्चको टचस्क्रिन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफङ्सन स्टेयरिङ, ५० वाट वायरलेस चार्जर, एम्बियन्ट लाइटिङ र किलेस इन्ट्रीजस्ता आधुनिक सुविधा समावेश छन्।

     

    सुरक्षाका लागि ६ वटा एयरब्याग, एडास (ADAS) प्रणाली तथा ३६० डिग्री क्यामेरा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

     

    प्रोटोन ई मास फाइभले मलेसियाको प्रतिष्ठित एलायन्स डीएसएफ भेइकल अफ द इयर अवार्ड–२०२६ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर’ उपाधिसमेत जितिसकेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै