TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता २०८३ कार्तिक १८, बुधवार
  • प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम २०८३ कार्तिक १८, बुधवार
  • यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल २०८३ कार्तिक १७, मंगलवार
  • तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए २०८३ कार्तिक १७, मंगलवार
  • काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज समापन २०८३ कार्तिक १५, आइतवार

वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छः मन्त्री चौधरी

  • Avatar photo

    TOKHA LIVE

  • २०८३ असार २४, बुधवार
वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छः मन्त्री चौधरी
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

पाटन (ललितपुर), २४ असारः कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास रहेको बताउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद्द्वारा आज यहाँ आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री चौधरीले नियुक्त भएर आउनुभएका वैज्ञानिकहरुलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गर्नुभयो । “नार्क र कृषि क्षेत्रमा सुधारको आवश्यकता छ, विगत केही वर्षदेखि परिषद्भित्र आन्तरिक जटिलता, संरचनागत समस्याका कारण आफ्नो अस्तित्वको परीक्षाको घडीमा गुज्रिसकेको छ । मन्त्रालयले यसलाई उच्च महत्व दिँदै आए पनि आजसम्म परिषद्ले आफ्नो स्पष्ट मार्गचित्र कोर्न सकिराखेको छैन, हाम्रो राष्ट्रको सबैभन्दा ठूलो विकासको आधार कृषि क्षेत्र हो, सुधारका लागि तपाईंहरू जस्ता वैज्ञानिकहरुको महत्त्वपूर्ण जिम्मेवारी रहनेछ”, उहाँले भन्नुभयो । मन्त्री चौधरीले वैज्ञानिकहरूको कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा अवसर प्रदान गरिने जानकारी गराउँदै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अघि बढाउने तयारी भइरहेको बताउनुभयो । इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्ने वैज्ञानिकहरूले मात्र परिषद्को नेतृत्व गर्ने अवसर पाउने उहाँले बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का कायममुकायम निर्देशक डा श्रीमत श्रेष्ठले योजना, अनुगमन, प्रशासनिक गतिविधि, आर्थिक अनुशासन र अध्ययन अनुसन्धानका विषयमा पाँच दिनसम्म अभिमुखीकरण हुने जानकारी गराउँदै वैज्ञानिकहरुले किसानहरुसँग भएको वर्षौंदेखिको अनुभव, अनुभूतिलाई आत्मसात् गर्दै वैज्ञानिकसँग भएको ज्ञानमा आधारित रहेर नवप्रवर्तनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । नार्कले नवनियुक्त ४४ वरिष्ठ वैज्ञानिक र २७ वैज्ञानिकका लागि पाँच दिनको अभिमुखीकरण सुरू गरेको हो ।
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

२०८३ कार्तिक १८, बुधवार
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

२०८३ कार्तिक १८, बुधवार
यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

२०८३ कार्तिक १७, मंगलवार
तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

२०८३ कार्तिक १७, मंगलवार
काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज समापन

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज समापन

२०८३ कार्तिक १५, आइतवार
नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

२०८३ कार्तिक १५, आइतवार
  • छुटाउनुभयो कि? सबै
    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

    प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

    प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

    यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

    यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol