टोखा काठमाडौँ २०८३ असार १३ । टोखा नगरपालिका ३ ले यसै असार महिनाभित्र वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। घोषणा कार्यक्रमलाई सफल बनाउन वडा कार्यालयले आज सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
वडा कार्यालयद्वारा जारी सूचनाअनुसार बालबालिकाको सुरक्षित, सम्मानजनक र उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडास्तरीय बालमैत्री समितिका पदाधिकारी, सामाजिक संघसंस्था, विद्यालय, बाल क्लब, बाल सञ्जाल, आमा समूह, महिला समूह तथा बालमैत्री अभियानसँग प्रत्यक्ष सरोकार राख्ने सबैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको छ।
बालमैत्री वातावरण निर्माण कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै वडा कार्यालयले समुदायको सामूहिक सहभागिता, सहकार्य र प्रतिबद्धताले मात्रै यस्तो अभियानलाई सार्थक बनाउन सकिने विश्वास व्यक्त गरेको छ। घोषणा तयारीलाई अन्तिम चरणमा पुर्याउन कार्यक्रम आज असार १३ गते ११ बजे दिउँसो उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ। कार्यक्रम टोखा नगरपालिका ३ को सभाहलमा आयोजना हुनेछ। कार्यवाहक वडा अध्यक्ष हरिकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा बालमैत्री वडा घोषणा कार्यक्रमलाई सफल बनाउन सम्बन्धित सबै पक्षलाई अनिवार्य रूपमा उपस्थित भई अभियानमा ऐक्यबद्धता जनाउन विशेष आग्रह गरिएको छ।
सूचना:


