• TOKHA LIVE

      TOKHA LIVE

    • १ असार २०८३, सोमबार २१:४९

    विश्वकप: जर्मनी विजयी, आइभोरी कोस्टको रोमाञ्चक सुरुआत पनि सफल

    काठमाडौँ, १ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ।

    अमेरिकाको Houston Stadium मा सम्पन्न खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गरेको हो।

    जर्मनीले पहिलो हाफमा तीन गोल र दोस्रो हाफमा चार गोल थप्दै पूर्ण दबदबा कायम गर्‍यो। जर्मनीका लागि काई हाभार्ट्ज ले दुई गोल गरे भने फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नाथनियल ब्राउनडेनिज उन्डाव ले समान एक–एक गोल गरे।

    यस खेलसँगै समूह ‘ई’ मा जर्मनीले पहिलो जित दर्ता गर्दै ३ अंक जोडेको छ।


    आइभोरी कोस्टको पनि विजयी सुरुआत

    यसै समूहको अर्को खेलमा आइभोरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गर्दै महत्वपूर्ण जित निकालेको छ।

    अमेरिकाको Philadelphia Stadium मा भएको खेलमा आइभोरी कोस्टले खेलको अन्तिम क्षणतिर निर्णायक गोल गर्दै तीन अंक सुरक्षित गरेको हो।

    आइभोरी कोस्टका लागि निर्णायक गोल अमद डियालो ले गरेका थिए।

    पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेका थिएनन्। तर खेलको अन्तिम समयमा डियालोले गरेको गोल नै निर्णायक सावित भयो।

    यस जितसँगै आइभोरी कोस्टले पनि समूह ‘ई’ मा विजयी सुरुआत गर्दै ३ अंक जोडेको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै