• TOKHA LIVE

    • १६ जेष्ठ २०८३, शनिबार १०:३२

    आदिवासी हकअधिकारबारे सचेतना बढाउन टोखामा प्रशिक्षण कार्यक्रम आयोजना हुँदै

    काठमाडौं २०८३जेठ १६ शनिबार। आदिवासी समुदायका हक, अधिकार र भूमि संरक्षणसम्बन्धी विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टोखामा एकदिने प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ।

    ने.सं. ११४६ अनलाथ्व पूर्णिमा अर्थात् भोलि २०८३ साल असार १७ गते बिहान ७:३० बजे टोखा नगरपालिका ३ न. वडा कार्यालयको सभाहलमा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

    प्रशिक्षणमार्फत आदिवासी समुदायका संवैधानिक अधिकार, भूमि संरक्षण, तथा विकास निर्माणका क्रममा प्रभावित समुदायका सरोकारका विषयमा जानकारी आदानप्रदान गरिने अपेक्षा गरिएको छ। कार्यक्रमले समुदायलाई आफ्नो अधिकारप्रति थप सचेत र संगठित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

    कार्यक्रममा स्थानीय समुदाय, सरोकारवाला निकाय तथा अधिकारका क्षेत्रमा क्रियाशील व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।

    उक्त कार्यक्रमलाई सामाखुसी – टोखा सडक पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण समिति, टोखा इकाइ (विष्णुमती र सपनतीर्थ खोला मापदण्ड पीडित संघर्ष समिति) ले सहयोग गरेका छन् भने नेवा: ग्वहाली पुचः टोखाले आयोजना गरेको हो।

    आयोजकले अधिकार, पहिचान र भूमि संरक्षणका विषयमा चासो राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै