टोखा काठमाडौं २०८३ जेठ १३। दक्ष ईन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा राजधानीमा सम्पन्न दोस्रो संस्करणको “ग्लोबल स्टार अवार्ड–२०२६” कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर ३ निवासी सौन्दर्यकर्मी ललिता जोशी श्रेष्ठ “स्किन एन्ड फेसियल ट्रेनिङ स्पेसलिस्ट अवार्ड” बाट सम्मानित हुनुभएको छ । राजधानीको सुकेधारास्थित होटल मक्र्युरमा भव्य रूपमा सम्पन्न समारोहमा सौन्दर्य, कला, संगीत, पत्रकारिता, शिक्षा, स्वास्थ्य, फेसन तथा समाजसेवा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सोही अवसरमा टोखाकी ललिता जोशी श्रेष्ठलाई सौन्दर्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको हो । लामो समयदेखि सौन्दर्य तथा स्किन केयर क्षेत्रमा सक्रिय श्रेष्ठले विशेषगरी स्किन तथा फेसियल ट्रेनिङमार्फत धेरै युवायुवतीलाई सीपमूलक तालिम प्रदान गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्दै आउनुभएको छ । उहाँले टोखा क्षेत्रमा सौन्दर्य व्यवसायलाई व्यावसायिक, व्यवस्थित र आधुनिक बनाउन निरन्तर भूमिका खेल्दै आउनुभएको स्थानीयले बताएका छन् । विशेषगरी महिलाहरूलाई सीप र रोजगारीसँग जोड्ने उद्देश्यले उहाँले सञ्चालन गर्दै आएको प्रशिक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गरिएको छ । सौन्दर्य क्षेत्रमा नयाँ पुस्तालाई दक्ष बनाउने, आधुनिक प्रविधि र शैलीबारे जानकारी गराउने तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने कार्यमा उहाँ सक्रिय रहनुभएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, सञ्चारकर्मी, समाजसेवी, उद्यमी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकका अनुसार “ग्लोबल स्टार अवार्ड” मार्फत देशभरका प्रतिभाशाली व्यक्तित्वहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।
समारोहका प्रमुख अतिथि विशिष्ट अभिनेता निर शाह तथा विशेष अतिथि पूर्व उपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले कार्यक्रममा सम्मानित तथा अवार्ड प्राप्त गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरूले नेपाली कला, संस्कृति, सञ्चार, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभएको थियो ।
उक्त समारोह आकर्षक सांगीतिक प्रस्तुति, सम्मान वितरण तथा विशेष सांस्कृतिक कार्यक्रमसहित अत्यन्त भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
यस समारोहमा विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई समेत सम्मान गरिएको थियो । अवार्ड प्राप्त गर्नेहरूमा यम बराल – लेगेसी एचिभमेन्ट अवार्ड, एम्क इन्जिनियरिङ कलेज – एजुकेशन लिडरसिप अवार्ड, विनोद कार्की (मोहनीका महाराजा) – परम्परागत ज्ञान प्रवर्द्धन अवार्ड, देव कुमार तामाङ – राइजिङ स्टार भोकल ट्यालेन्ट अवार्ड, ध्रुव राज खड्का – लोक गायक अवार्ड, डा. सुचना मराहट्टा – एस्थेटिक डर्मेटोलोजी अवार्ड, केशव ज्ञवाली – इन्डस्ट्रियल मेन्टरसिप अवार्ड, ललिता जोशी श्रेष्ठ – स्किन एन्ड फेसियल ट्रेनिङ स्पेसलिस्ट अवार्ड, मन्जु गुरुङ – लोक संगीत योगदान अवार्ड, निर्मला फुयाल बोहोरा – प्रोफेसनल सर्टिफाइड स्किन केयर एक्सपर्ट अवार्ड तथा पल शाह – ग्लोबल स्टार अफ द डिकेड (मोडल) अवार्डबाट सम्मानित हुनुभएको थियो ।
त्यसैगरी रामचन्द्र चन्द – लोक गायन अवार्ड, शान्ता कुमारी तामाङ – उत्कृष्ट इभेन्ट एक्जिक्युसन रिकग्निसन अवार्ड, श्याम बहादुर महत ‘हारती माता’ – आध्यात्मिक समर्पण उत्कृष्टता अवार्ड, स्वर्ण दीप सेकेन्डरी स्कुल – शिक्षा क्षेत्रमा योगदान अवार्ड, तारा राना तिमिल्सिना – पब्लिक लिडरसिप उत्कृष्टता अवार्ड, टेक तामाङ – सामाजिक सचेतना गीतकार अवार्ड, उमा बस्नेत – क्रिएटिभ मेकअप आर्टिस्ट अवार्ड, उषा उप्रेती – म्युजिक भिडियो मोडलिङ अवार्ड, आलिस खनाल – राइजिङ स्टार म्युजिक भिडियो निर्देशक अवार्ड तथा अम्बिका तामाङ – राइजिङ स्टार मोडलिङ अवार्डबाट सम्मानित हुनुभएको थियो ।
यसैगरी बाबु क्षेत्री – राइजिङ भोकल ट्यालेन्ट रिकग्निसन अवार्ड, विमला टण्डन क्षेत्री – सामाजिक अभियन्ता नेतृत्व अवार्ड, दीपा शाही – इनोभेटिभ ब्युटी एक्सपर्ट अवार्ड, गरिमा सिवाकोटी प्रसाईं – नेल टेक्निसियन अवार्ड, कमल शर्मा आचार्य – राइजिङ स्टार गीतकार अवार्ड, कुमारी गुरुङ – राइजिङ स्टार पेजेन्ट मोडल अवार्ड, लोकेन्द्र सापकोटा – आध्यात्मिक गीत सिर्जना अवार्ड, मन्जु राना – प्रमिजिङ मोडल रिकग्निसन अवार्ड, मन्जु सुवेदी (मन्जिला) – प्रोफेसनल कस्मेटोलोजी एक्सपर्ट अवार्ड तथा मेघबहादुर विश्वकर्मा (मेघेन्द्र) – पत्रकारिता अवार्डबाट सम्मानित हुनुभएको थियो ।
त्यस्तै मुना पाण्डे – इनोभेटिभ मेकअप ट्रेनर अवार्ड, रोजिना योन्जन – राष्ट्रिय इमर्जिङ फेसन डिजाइनर अवार्ड, रुपेश थापा – सिनेमेटोग्राफी अवार्ड, सपु खत्री – भोकल आइकन रिकग्निसन अवार्ड, सरिता तामाङ – फेसन मोडलिङ अवार्ड, अमित सापकोटा – लोक संगीत अवार्ड, अमित्रा ढेके – ब्युटी इन्टरप्रेनरसिप अवार्ड, अनुप अर्याल – क्रिटिक्स च्वाइस अभिनय अवार्ड, अस्मिता थापा – फेसियल थेरापी स्पेसलिस्ट अवार्ड तथा बलराम कार्की / स्वीकृति कार्की – सामुदायिक योगदान उद्यमी अवार्डबाट सम्मानित हुनुभएको थियो ।
यसैगरी भानु ढकाल – वर्ड्स अफ वन्डर अवार्ड, विद्या श्रेष्ठ – ब्युटी एक्सपर्ट अवार्ड, देवेन्द्र पाण्डे – म्युजिक भिडियो निर्देशन अवार्ड, डिजे युवा (युवराज भण्डारी) – म्युजिक मिक्सिङ डिजे अवार्ड, गोविन्द भण्डारी – आध्यात्मिक गीतको नवीनता अवार्ड, कृष्ण रानाभाट – परम्परागत वाद्यवादन (पञ्चेबाजा) कलाकार अवार्ड, मायादेवी श्रेष्ठ – क्यारेक्टर आर्टिस्ट नवीनता अवार्ड, पवित्र रिजाल – विशिष्ट आध्यात्मिक मोडल अवार्ड, अस्मिता भट्ट – ग्लोबल स्टार स्पोर्ट्स रिकग्निसन अवार्ड तथा प्रिज्वल भण्डारी – इमर्जिङ म्युजिक भिडियो मोडल अवार्ड प्राप्त गर्नुभएको थियो ।
त्यस्तै राधाकृष्ण बसौला – क्रिटिक्स च्वाइस मोडलिङ अवार्ड, राधा शर्मा – ब्युटी एन्ड सलुन एक्सपर्ट अवार्ड, राजेश्वरी शिल्पकार – प्रोफेसनल मेकअप आर्टिस्ट अवार्ड, रोशना राजथला – सलुन एन्ड ब्युटी ट्रेनर अवार्ड, सन्तोषी पराजुली – प्रोफेसनल ब्युटी एक्सपर्ट अवार्ड, सपना जनक – स्टाइलिस मोडल अवार्ड, शिशिर परियार – परम्परागत वाद्यवादन (पञ्चेबाजा) कलाकार अवार्ड, श्रीनी धाख्वा – फेसन डिजाइनर अवार्ड, सुष्मा घिसिङ तामाङ – क्रिएटिभ फेसन डिजाइनिङ अवार्ड, टीका पुन गुरुङ – नेल आर्ट स्पेसलिस्ट अवार्ड, प्रदीप फुटेला (भारत) – इन्टरनेसनल एडिटोरियल अवार्ड, आचार्य प्रशान्त (भारत) – आध्यात्मिक ज्ञानमा आजीवन योगदान अवार्ड तथा अश्विनी कान्त झा – पेजेन्ट कोरियोग्राफी अवार्डबाट सम्मानित हुनुभएको थियो ।

