TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार
  • टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै २०८३ कार्तिक १९, बिहीवार
  • टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै २०८३ कार्तिक १९, बिहीवार
  • डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता २०८३ कार्तिक १८, बुधवार
  • प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम २०८३ कार्तिक १८, बुधवार

  • Avatar photo

    TOKHA LIVE

  • २०८३ जेष्ठ १२, मंगलवार
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

विद्युतीय प्रदर्शनी आयोजना हुँदै

काठमाडौँ, १२ जेठः नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रियस्तरको बृहत् प्रदर्शनी आयोजना गरिने भएको छ । यही जेठ २२ देखि २५ गतेसम्म हुन लागेको सो प्रदर्शनीमा नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोगका बारेमा जानकारी दिइनेछ । ‘फिन इलेक्ट्रो–टेक २०२६’ नाम दिइएको प्रदर्शनीमा विद्युतीय सामग्रीको माग र प्रयोग दिन प्रतिदिन बढिरहेको अवस्थामा उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम् प्रविधि, अन्तरराष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्य राखिएको छ । नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यावसायिक नेटवर्क विस्तार तथा अन्तरराष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा राखिएको छ । चार दिनसम्म सञ्चालन हुने यस अन्तरराष्ट्रिय प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल तथा कन्डक्टर, एलइडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रदर्शन गरिने फिन इलेक्ट्रो–टेक २०२६, मूल आयोजक समिति संयोजक दिलीपकुमार अग्रवालले जानकारी दिनुभयो । प्रदर्शनीमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न सरोकारवाला संस्थाहरूको सहयोग तथा सहभागिता रहनेछ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

२०८३ कार्तिक १९, बिहीवार
डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

२०८३ कार्तिक १८, बुधवार
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

२०८३ कार्तिक १८, बुधवार
यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

२०८३ कार्तिक १७, मंगलवार
  • छुटाउनुभयो कि? सबै
    दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

    दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

    टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

    टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

    टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

    टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol