• TOKHA LIVE

    • ९ जेष्ठ २०८३, शनिबार १२:५०

    टोखा ७ मा वडा स्तरीय बाल भेला सम्पन्न

    टोखा काठमाडौँ, ९ जेठः  टोखा नगरपालिका वडा नम्बर ७ ले आर्थिक वर्ष २०८३/०८४ का योजना तथा कार्यक्रमलाई बालमैत्री र सहभागितामूलक बनाउने उद्देश्यसहित आयोजना गरेको वडा स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ।

    बालबालिकाको आवाजलाई स्थानीय योजना निर्माणसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा बालअधिकारकर्मीहरूले बालअधिकार, बाल संरक्षण तथा बालमैत्री वातावरण निर्माणका विषयमा सहजीकरण गरेका थिए। कार्यक्रममा बालमैत्री शिक्षा, खेलमैदानको आवश्यकता, सुरक्षित यातायात तथा बालस्वास्थ्यसँग सम्बन्धित विषयमा समेत छलफल गरिएको थियो।

    तिलिङटार माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागी बालबालिकाहरूले आफ्ना आवश्यकता, समस्या, सुझाव तथा सिर्जनात्मक धारणा खुलेर प्रस्तुत गरेका थिए।

    टोखा नगरपालिका वडा नम्बर ७ को आयोजनामा सम्पन्न उक्त भेलाले स्थानीय तहको विकास प्रक्रियामा बाल सहभागितालाई थप सशक्त बनाउने विश्वास लिइएको छ। सहभागीहरूले बालमैत्री समाज निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।

    कार्यक्रममा अभिभावक, शिक्षक तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै