• TOKHA LIVE

    • ७ जेष्ठ २०८३, बिहीबार १७:३७

    शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न, तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत

    काठमाडौँ, ७ जेठः  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको  अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न भएको छ ।

    बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक दक्षता अभिवृद्धिका लागि तीन वटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ ।

    स्वीकृत पाठ्यक्रमहरूमा ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ तथा ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ रहेका छन् ।

    मन्त्रालयका अनुसार यी पाठ्यक्रमहरूको कार्यान्वयनपछि शिक्षक तथा शैक्षिक जनशक्तिको क्षमता विकास भई तालिम प्रणाली अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    त्यसैगरी, प्रधानाध्यापक नेतृत्व विकास तालिमले विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

    सङ्घीय संरचनाअनुसार शैक्षिक सेवामा संलग्न कर्मचारीहरूको क्षमता विकास गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य पनि यस निर्णयले बोकेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै