• TOKHA LIVE

    • ६ जेष्ठ २०८३, बुधबार १७:१२

    मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

    काठमाडौँ, ६ जेठःस्वर्णिम वाग्ले ले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

    काठमाडौँमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (ICRG) कार्ययोजनासम्बन्धी छलफलमा उहाँले सरकारले सबै सम्भव उपाय अपनाएर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने स्पष्ट पार्नुभयो।

    अर्थमन्त्री डा वाग्लेले प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन सुदृढ गर्दै विकासलाई तीव्रता दिन काम गरिरहेको उल्लेख गर्दै जनताको मुख्य अपेक्षा पनि सुशासन नै रहेको धारणा राख्नुभयो। उहाँका अनुसार नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका काम जनताले प्रत्यक्ष अनुभूति गर्न थालेका छन्।

    उहाँले ग्रे लिस्टबाट बाहिरिन आवश्यक तत्कालीन तथा नियमित सुधारका काम सम्बन्धित सरकारी निकायहरूले अघि बढाइरहेको र त्यसको निरन्तर मूल्याङ्कन भइरहेको जानकारी दिनुभयो। पछिल्लो समीक्षा अवधिको तुलनामा ग्रे लिस्टसम्बन्धी सूचकहरूमा नेपालको अवस्थामा सुधार आएको पनि उहाँको भनाइ थियो।

    कार्यक्रममा सचिव डेभिड स्यान्ननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै धेरै काम गर्नुपर्ने टिप्पणी गर्नुभयो। छलफलमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।

    उल्लेखनीय छ,(फाइनान्सियल एक्सन टास्क फोर्स–एफएटीएफ)ले २०८१ फागुनमा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो। उक्त सूचीबाट बाहिरिन नेपालले १५ बुँदे सुधार कार्ययोजना कार्यान्वयन गरिरहेको जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै