• TOKHA LIVE

    • १ जेष्ठ २०८३, शुक्रबार ०६:५२

    टोखामा कक्षा ११ छात्रवृत्तिका लागि परीक्षा लिने

    टोखा काठमाडौं जेठ १/ टोखा नगरपालिकाले नगरभित्र रहेका निजी विद्यालयहरूमा कक्षा ११ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षा सञ्चालन गर्ने भएको छ। नगरपालिकाले बिहीबार सूचना जारी गर्दै छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको हो।

    नगरपालिकाका अनुसार शैक्षिक सत्र २०८३/८४ का लागि संस्थागत विद्यालयहरूमा छात्रवृत्तिमा अध्ययन गराउन परीक्षा सञ्चालन गर्न लागिएको हो। परीक्षा मार्फत योग्य विद्यार्थी छनोट गरिने जनाइएको छ।

    सूचनाअनुसार छात्रवृत्तिका लागि अनलाइन आवेदन फाराम भर्ने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया जेठ १ गते बिहान १० बजेदेखि सुरु हुने र जेठ १५ गते राति १२ बजेसम्म खुला रहनेछ।आवेदन फाराम scholarship.tokhamun.gov.np मार्फत भर्न सकिने नगरपालिकाले जनाएको छ।

    त्यसैगरी, छात्रवृत्ति परीक्षा जेठ २३ गते शनिबार बिहान ८ बजेदेखि सञ्चालन हुने जनाइएको छ। परीक्षाकेन्द्र भने पछि सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ।

    परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछन्। विज्ञान, अङ्ग्रेजी र गणित विषयबाट ३०/३० प्रतिशत तथा सामान्य ज्ञानबाट १० प्रतिशत प्रश्न समावेश हुने जानकारी दिइएको छ।

    नगरपालिकाले छात्रवृत्तिसम्बन्धी थप जानकारीका लागि आफ्नो वेबसाइट, सामाजिक सञ्जाल वा शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै