• TOKHA LIVE

    • ३१ बैशाख २०८३, बिहीबार २१:२४

    टोखा–३ मा टोलस्तरबाट योजना संकलन सुरु, वडाबासीलाई सहभागिताको आग्रह

    ​​काठमाडौँ, ३१ वैशाखःटोखा नगरपालिका वडा नं. ३ ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि टोल तथा बस्तीस्तरबाट विकास योजना संकलन प्रक्रिया सुरु गरेको छ ।

    शिक्षा, स्वास्थ्य, खानेपानी, लक्षित वर्गको हित, विकास निर्माणलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई समेट्दै वडाले स्थानीय आवश्यकताअनुसार योजना संकलन अभियान अघि बढाएको हो ।

    वडा कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार जेठ २ गतेदेखि ११ गतेसम्म विभिन्न स्थानमा पुगेर वडा अध्यक्ष, वडा सदस्य तथा कर्मचारीहरूको उपस्थितिमा योजना संकलन गरिनेछ ।

    वडाले सबै राजनीतिक दल, टोल विकास संस्था, संघ–संस्था, क्लब, महिला समूह, सामुदायिक वन तथा सम्पूर्ण वडाबासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

    स्थानीय आवश्यकता र जनभावनाअनुसार योजना छनोट गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले विकासलाई अझ सहभागितामूलक र प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

    वडा कार्यालयका अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म विभिन्न टोलमा पुगेर स्थानीयसँग प्रत्यक्ष सुझाव संकलन गरिनेछ । अन्तिम दिन वडा कार्यालयमा छुटेका योजनासमेत संकलन गरिने जनाइएको छ ।

    स्थानीय तहको विकासमा नागरिकको आवाजलाई प्राथमिकता दिने प्रयासस्वरूप सुरु गरिएको यो अभियानलाई वडाबासीले सकारात्मक रूपमा लिएका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै