• TOKHA LIVE

    • ३१ बैशाख २०८३, बिहीबार २१:०२

    प्रधानमन्त्रीलाई हर्क साम्पाङको प्रश्न : आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुन्छ ?

    ​​

     

    काठमाडौँ, ३१ वैशाखः श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री संसदको मर्यादा र परम्पराअनुसार प्रस्तुत नभएको भन्दै आलोचना गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममाथिको छलफल भइरहेका बेला प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूको धारणा सुन्नुपर्ने बताए । प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा छलफल नसुनी पछि लाइभ वा अन्य माध्यमबाट सुन्ने अवस्था संसदीय परम्परा विपरीत भएको उनको टिप्पणी थियो ।

    साम्पाङले संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने उल्लेख गर्दै व्यंग्यात्मक शैलीमा ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन’ भने ।

    उनले भने, “जीवन सिकाइ हो । हरेक पल हामीले अरूका कुरा सुन्नुपर्छ र सिकिरहनुपर्छ । यस्तो महत्वपूर्ण विषयमा छलफल भइरहँदा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकार प्रमुखले हामीलाई प्रत्यक्ष सुनिरहनुभएको छैन । उहाँले पछि लाइभमा सुन्नुहुला भन्ने कुरा हुन सक्छ, तर यो संसदको मर्यादा र परम्पराअनुसार होइन ।”

    प्रधानमन्त्री उत्तर दिने क्रममा संसदमा उपस्थित हुने विश्वास व्यक्त गर्दै उनले प्रधानमन्त्री उपस्थित नभए श्रम संस्कृति पार्टी संसदबाट बाहिरिने चेतावनी समेत दिए ।

    साम्पाङको उक्त अभिव्यक्तिपछि संसदमा केहीबेर हल्का हाँसो र चर्चा समेत भएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै