• TOKHA LIVE

    • ३० बैशाख २०८३, बुधबार २१:२४

    सिंहदरबारमा टोखाको आवाज : स्थानीय सेवा र पूर्वाधार विस्तारबारे उच्चस्तरीय छलफल

    काठमाडौँ, ३० वैशाखः टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको नेतृत्वमा गएको टोलीले बुधबार सिंहदरबार पुगेर भूमि व्यवस्था मन्त्री प्रतिभा रावल तथा परराष्ट मन्त्री मा. शिशिर खनालसँग भेटघाट गर्दै टोखा नगरपालिकाको विकास, सेवा विस्तार तथा पूर्वाधार व्यवस्थापनका विषयमा महत्वपूर्ण छलफल गरेको छ ।

    टोलीमा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराई, वडा अध्यक्षहरू रमेश खत्री, रामभक्त घिमिरे,घनश्याम खड्का,प्रवक्ता बच्चुराज बस्याल, कामु वडा अध्यक्ष लिला देबी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

    भेटका क्रममा हाल डिल्लीबजारबाट प्रदान हुँदै आएको भूमि, मालपोत तथा नापी कार्यालयको सेवा आगामी आर्थिक वर्षदेखि टोखा नगरपालिका–गोंगबु क्षेत्रमै व्यवस्थापन गर्न अनुरोध गरिएको थियो । स्थानीयबासीलाई सहज, छिटो र पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो पहल गरिएको नगरपालिकाले जनाएको छ ।

    त्यसैगरी, टोखा नगरपालिकाको भूगोल अन्तर्गत प्रस्तावित सामाखुसी–टोखा–छहरे–केरुङ तथा बीआरआई सडकमार्ग, साथै विष्णुमती र साङ्ले खोलाको नदी करिडोर सडक विस्तार तथा मापदण्डका विषयमा पनि व्यापक छलफल भएको बताइएको छ ।

    टोखा नगरपालिकाले स्थानीयस्तरमै सेवा विस्तार र योजनाबद्ध पूर्वाधार विकासमार्फत नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यसहित संघीय सरकारसँग समन्वयलाई तीव्र बनाएको जनाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै