• TOKHA LIVE

    • १२ बैशाख २०८३, शनिबार १८:२१

    गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो

    काठमाडौँ, १२ वैशाख — काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती पूर्ण रूपमा हटाइएको छ। अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा डोजर प्रयोग गरी हटाइएको हो।

    नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाउँदै आज बिहानदेखि संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो। उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरी सक्रिय रूपमा खटिएका छन्।

    गैरीगाउँमा रहेका अस्थायी तथा स्थायी संरचना हटाइसकेपछि टोली अहिले सिनामङ्गलतर्फ केन्द्रित भएको छ। त्यहाँ पनि सुकुम्बासी बस्ती हटाउने काम सुरु भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

    महानगर प्रहरीका अनुसार गैरीगाउँ क्षेत्रमा कम्तीमा एक सय घरटहरा भत्काइएको छ। हालसम्म अभियानका क्रममा कुनै ठूलो अवरोध वा झडपको अवस्था भने सिर्जना नभएको जनाइएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै