• TOKHA LIVE

      TOKHA LIVE

    • ११ बैशाख २०८३, शुक्रबार २१:४३

    सुकुम्वासी बस्ती हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ, ११ वैशाख / काठमाडौँका नदी किनार र सार्वजनिक स्थानमा रहेका सुकुम्वासी बस्ती खाली गराउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

    गोपाल रनपहलीसहित ११ जनाले रिट दायर गरेको जानकारी अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले दिनुभयो।

    यसअघि जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकाले नदी किनारका बस्ती आज साँझ ७ बजेसम्म खाली गर्न सूचना जारी गरेका थिए। रिटमा सुकुम्वासीको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी जबर्जस्ती हटाउन नहुने माग गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै