TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार
  • टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै २०८३ कार्तिक १९, बिहीवार
  • टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै २०८३ कार्तिक १९, बिहीवार
  • डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता २०८३ कार्तिक १८, बुधवार
  • प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम २०८३ कार्तिक १८, बुधवार

वातावरण पदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

  • Avatar photo

    TOKHA LIVE

  • २०८३ बैशाख ९, बुधवार
वातावरण पदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, ९ वैशाख : काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले आज उपत्यकाका विभिन्न स्थानमा गरेको विशेष चेकजाँच अभियानका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा निजी तथा सार्वजनिक दुवै प्रकारका सवारी रहेका छन् । नियमित रूपमा सञ्चालनमा रहेका यस्ता सवारीले तोकिएको प्रदूषण मापदण्ड उल्लङ्घन गर्दै अत्यधिक धुवाँ फाल्ने गरेको पाइएपछि कारबाही स्वरूप नियन्त्रणमा लिएर अहिले ती सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा राखिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मापदण्डभन्दा बढी धुवाँ फालेर वातावरण प्रदूषण गर्ने सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइन्छ । नियमअनुसार जरिवाना तथा प्राविधिक सुधारपछि मात्रै त्यस्ता सवारी साधनलाई छाडिनेछ ।” उहाँले पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएकाले ट्राफिक प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको पनि जानकारी दिनुभयो । सवारीसाधनको नियमित मर्मतसम्भार नगर्ने, इन्जिनमा समस्या भए पनि बेवास्ता गर्ने तथा प्रदूषण परीक्षण नगरी सडकमा गुड्ने प्रवृत्तिका कारण यस्तो समस्या बढिरहेको उहाँको भनाइ छ । ट्राफिक प्रहरीले सवारी चालक तथा धनीहरूलाई समयमै सवारी साधनको प्रदूषण परीक्षण गराउन, इन्जिनको नियमित मर्मत गर्न र वातावरणमैत्री अभ्यास अपनाउन आग्रह गरेको छ । साथै, आगामी दिनमा यस्ता अनुगमनलाई अझ सशक्त बनाइने र मापदण्ड उल्लङ्घन गर्ने सवारी साधनमाथि कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सरोकारवाला निकाय, सवारी धनी तथा सर्वसाधारण सबैले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता देखिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । काठमाडौँ महानगरपालिकाले पनि वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीसँग सहकार्य गर्दै प्रदूषण नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

२०८३ कार्तिक १९, बिहीवार
डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

२०८३ कार्तिक १८, बुधवार
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

२०८३ कार्तिक १८, बुधवार
यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

२०८३ कार्तिक १७, मंगलवार
  • छुटाउनुभयो कि? सबै
    दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

    दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

    टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

    टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

    टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

    टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol