• TOKHA LIVE

    • ९ बैशाख २०८३, बुधबार १८:२५

    गृहमन्त्री सुधन गुरुङको राजीनामा

    काठमाडौँ, ९ वैशाखः गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ।

    उहाँले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गर्दै निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पार्नुभयो। “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र त्यसमा कुनै असर नपरोस् भन्ने हेतुले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उहाँले लेख्नुभएको छ।

    पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयलाई लिएर उठेका प्रश्न, टिप्पणी तथा जनचासोलाई गम्भीर रूपमा लिएको उहाँले उल्लेख गर्नुभएको छ। गुरुङ गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो।

    आफ्नो कदमलाई नैतिक जिम्मेवारीका रूपमा प्रस्तुत गर्दै उहाँले सबैमा सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन अपिल गर्नुभएको छ। “यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सबैले सत्य र इमानदारीको बाटो समाउनुपर्छ,” उहाँको भनाइ छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै