• TOKHA LIVE

      TOKHA LIVE

    • ८ बैशाख २०८३, मंगलवार २१:४६

    कुशलको विस्फोटक ब्याटिङमा नेपालको शानदार जित, युएई ८ विकेटले पराजित

    काठमाडौँ, ८ वैशाख ।

    नेपालले संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली लाई ८ विकेटले पराजित गर्दै सानदार जित दर्ता गरेको छ।

    काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान मा भएको खेलमा युएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो।

    नेपालको जितमा कुशल भुर्तेल नायक बने। उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको शानदार इनिङ्स खेले। कुशल मल्ल ले १९ रन जोड्दा सन्तोष यादव १ रनमा आउट भए। कप्तान दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए।

    युएईका लागि निलांश केसवानी र मुहम्मद अरफान ले समान १–१ विकेट लिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। युएईका लागि अक्षदीप नाथ ले अविजित ५३ रन र अरफानले ३२ रनको योगदान दिए।

    नेपालका बलर सन्दीप लामिछाने ले ४ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। हेमन्त धामी ले २ विकेट लिए भने नन्दन यादव र शाहब आलम ले समान १–१ विकेट लिए।

    दुई खेलको सिरिजमा दुवै टोलीले एक–एक खेल जित्दै बराबरी गरेका छन्। पहिलो खेलमा भने नेपाल ६ विकेटले पराजित भएको थियो।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै