• TOKHA LIVE

      TOKHA LIVE

    • ३० चैत्र २०८२, सोमबार ०४:२०

    सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गाली गर्ने युवक परिवारको जिम्मा लगाइयो

    काठमाडौँ, २९ चैतः प्रधानमन्त्री वालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका एक युवकलाई परिवारको जिम्मा लगाइएको छ।

    साइबर अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालत पाँचथरबाट अनुमति लिएर कानुनबमोजिम अनुसन्धान प्रक्रिया अघि बढाइएको र सोही क्रममा हाल ती युवकलाई परिवारको जिम्मा लगाइएको गृह मन्त्रालयले जनाएको छ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सरकारले संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्दछ। आफ्ना विचार व्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य हो।”

    मन्त्रालयले उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने कार्यहरू प्रचलित कानुनविपरीत हुने स्पष्ट पारेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै